सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला दिवसः वास्तविक श्रमिकलाई छुन सकेन

२०७४ फाल्गुन २४, ०४:३२

आज १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस बिभिन्न कार्यक्रम गरी मनाईरहँदा अछामका अधिकांश वास्तविक श्रमिक महिलालाई भने दिवसले छुन सकेन । मंगलसैन नगरपालिका–५ कि डम्बरा बिकले आफूलाई दिवस वारेमा कुनै थाहा नभएको बताईन । आज बिहानैदेखि जिल्ला अस्पताल नजिक एक घर निर्माणमा मज्दुरी काम गर्दै आएकी डम्वराले श्रमिक महिला दिवस बारे अनभिज्ञता व्यक्त गरिन् ।

भारतमा नोकरी गर्ने पतिले कमाएको पैँसाले छोराछोरी पाल्न नपुग्ने भए पछि आफू दैनिक मजदुरी गरि खर्च जुटाउने गरेको डम्बराले बताईन । डम्वरासँगै मजदुरी काम गरिरहेकी मंगलसैन–५ कि एकल महिला ठम्वरा विक लगायत १२ श्रमिक महिलालाई पनि अन्तराष्ट्रिय श्रमिक महिला दिवसको बारेमा थाहा छैन ।

महिलाको हक अधिकार स्थापित भएको उपलक्षमा हरेक बर्ष मार्च ८ तारिखका दिन मनाईने अन्तराष्ट्रिय श्रमिक महिला जसका लागि मनाइएको तिनीहरु मध्ये अधिकांशलाई थाहा नभएको पाइन्छ । केहि महिलाले सार्वजनिक रुपमा कार्यक्रम मनाइरहँदा वास्तविक श्रमिक महिला भने सदरमुकाम मंगलसैनका बिभिन्न ठाउँमा घर निर्माणदेखि गिट्टी कुट्ने जस्ता काममा व्यस्त देखिन्छन् ।

मजदुरी काममा संलग्न श्रमिक महिलाले पुरुषहरुको जत्तिकै काम गरे पनि ज्याला भने पुरुष सरह नपाएको गुनासो गरेका छन् ।

कमेन्ट लोड गर्नुस