सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली राजमार्ग दुई दिनदेखी अवरुद्ध

२०७५ साउन २९, ०६:१४

लगातारको वर्षाले पहिरो खस्दा महाकाली राजमार्ग दुईदिनदेखि अवरुद्ध भएको छ । महाकाली राजमार्गको गोकुलेश्वर–दार्चुला खलंगा सडकखण्ड अन्तर्गत मालिकार्जुन गाउँपालिका ३ तेर्छेलेकमा सडक माथिवाट हिजो  बिहान ठुलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । बैतडीको पाटनबाट गएको डोजरले पहिरो पन्छाउने प्रयास गरिरहेको भएपनि ठुलो पहिरोका कारण पन्छाउन नसकिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिनुभयो ।

लगातारको पानीले पहिरो पन्छ्याउन समस्या भएको छ ।  राजमार्गअवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारी साधन पुर्ण रुपमा बन्द भएका छन् ।

कमेन्ट लोड गर्नुस