सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा नेपालको सहमति विनै काठे पूल

२०७४ फाल्गुन १६, १०:२२

पटक पटक झोलुंगे पुलका लागि अनुमति दिन नमानेको भारतले दार्चुलामा पर्ने महाकाली नदीमा एकतर्फि रुपमा काठे पूल लगाएको छ ।

केहि समय अघि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सहमतिको लागि पत्रचार गरेको भारतले नेपाली पक्षले सहमति नदिदै चार वटा काठे पूल बनाएको हो ।

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने लखनपुर, नजांग खोला, दोपाखे र बुदीको कौथलामा काठे पूल लगाएको हो । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपारको लागि भन्दै अस्थायी रुपमा काठे पूल लगाएको स्थानीयले बताएका छन् ।

अहिले उक्त पूलबाट भारतले सडक निर्माणको लागि प्रयोग गरेका मजदुरहरु आवतजावत गर्ने गरेका छन् । भारतले अहिले कालापानीसम्म सडक निर्माणको लागि भन्दै बाटो खन्ने काम गरिरहेको छ ।

केहि समय अगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलाई हेभी इक्युपमेन्ट ९डोजर० ढुवानीको लागि बाटो माग गरेको थियो । उक्त मागबारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

कमेन्ट लोड गर्नुस