सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीरबाट लडेर महिलाको मृत्यु

२०७५ जेठ २३, १०:०७

दार्चुलाको महाकाली नगरपालिका ९ दत्तुमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय पार्वती कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दत्तुको सकार क्षेत्रमा घाँस काट्न गएको बेला भीरबाट लडेर महिला गम्भीर घाइते भएका थिईन। उनलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए। शव पोष्टमार्टको लागि अस्पतालमा राखिएको छ ।

 

कमेन्ट लोड गर्नुस