सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुडरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७५ वैशाख १४, ११:३५

डोटीको बुडरमा कारको ठक्करबाट मोटरसाइकल चालकको  मृत्यु भएको छ । धनगढीबाट बाजुरातर्फ जाँदै गरेको बा १६ च ८७८२ नम्बरको स्कारपियो कारले से १ प ७७०५ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान साढे आठ बजे तिर ठक्कर दिदा कन्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने अन्दाजी १९ वर्षका राजेश विष्टको मृत्य भएको हो। कारको ठक्करबाट डोटीको जोरायल गाउँपालिका–२ छतिवन बुडरस्थित कुखुरा फार्ममा कार्यरत विष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउदले जानकारी दिए । ठक्कर दिने स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस