सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा स्वास्थ्य बीमा सेवा जेठ १ गतेबाट

२०७४ चैत्र २६, ११:२९

बाजुरामा स्वास्थ्य बीमा सेवा जेठ १ गतेबाट शुरु हुनेभएको छ। देशकै ३२ औँ जिल्लाका रुपमा स्वास्थ्य बीमा दर्ता कार्यक्रम आइतबारबाट शुभारम्भ गरिएपनि स्वास्थ्य बीमा सेवा जेठ १ गतेबाट मात्रै शुरु हुनेभएको छ। गरीब तथा विपन्न समुदायलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पु¥याई सामाजिक स्वास्थ्य बीमाको माध्यमबाट स्वास्थ्य सेवाको सुनिश्चित गर्न बीमा कार्यक्रम सञ्चालन गरिएको हो । सेवा जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालनमा आएको छ।

जिल्लामा २०६८ सालको जनगणना अनुसार २० हजार ९ सय ८ वटा परिवार संख्या रहेको छ। ती सबै घरलाई स्वास्थ्य बीमामा आबद्ध गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष भरत बोहराले बताए। सेवाका लागि जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र जिल्ला अस्पताल बाजुरालाई सूचीकृत गरिएको छ ।
 

कमेन्ट लोड गर्नुस