सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको त्रिवेणी नगरपालिकामा कार्यकारीको कक्षमा मेयरद्धारा नै तालावन्दी

एक महिनादेखि आर्थिक कारोवार वन्द हुँदा विकासे योजना प्रभावित

२०७५ वैशाख २९, ०४:०३

वाजुराको त्रिवेणी नगरपालिकामा एक महिनादेखि आर्थिक कारोवार बन्द भएको छ । आर्थिक कारोवार बन्द हुँदा नगरपालिकाका विकासे योजना र आर्थिक गतिविधि प्रभावित भएका छन् । बैशाख ३ गते आर्थिक तथा प्रशासन हेर्ने गरी सामान्य प्रशासन मन्त्रालयबाट वीरवहादुर अयडीलाई पठाएकोमा नगर प्रमुखले उनलाई हाजीर लगाउन नदिदाँ आर्थिक कारोवार वन्द भएको हो । मन्त्रालयले अर्को कार्यकारी पठाएको भन्दै कार्यकारी कक्षमा बैशाख ५ गतेदेखि नगर प्रमुख राम सिंह रावलले तालाबन्दी समेत गरेको स्थानीय शेरबहादुर शाहीले वताए । 

मन्त्रालयवाट कार्यकारीको जिम्मा पाएर आएका वीरवहादुर अयडीलाई नगर प्रमुखले हाजिर समेत लगाउन दिएका छैनन् । अयडीले आफुलाई हाजिर लगाउन नदिएको भन्दै कोष लेखा तथा नियन्त्रण कार्यलय बाजुरा मार्फत बाणिज्य बैकं बाजुरामा रहेको नगरपालिका सबै खाता बन्द गराएका छन् । आर्थिक कारोवार बन्द हुँदा त्यसको चौमासिकका योजनाहरु कार्यान्वयनमा  समस्या भईरहेको नगरपालिकाकी उपमेयर सुनिता सुनारले वताईन् । केही योजनाको काम सकिसकेको छ, तर भुक्तानी दिएको छैन्, अन्य गतिविधि पनि ठप्प रहेको छ उनले भनिन्– निकासका लागि पहल भइरहेको छ ।

नगरप्रमुख राम सिहं रावल भने आफु अनुकुलको कर्मचारी ल्याउनका लागि काठमाडौ गएको बुझिएको छ । सामान्य प्रशासन मन्त्रालयवाट खटाईएका वीरबहादुर अयडी छैटौ तहका हुन् । उनको घर पनि त्रिवेणी नगरपालिकामा पर्छ । अहिले निमित्त कार्यकारीको जिम्मा पाएका खगेन्द्र साउँद पाँचौ तहका त्यही नगरपालिकाका बासिन्दा हुन् । नगर प्रमुख रावल काग्रेंसवाट मेयरमा विजयी हुन् । स्थानीय शेरवहादुर शाहीका अनुसार मन्त्रालयबाट पठाईएका कार्यकारी अयडी एमाले समर्थक हुने भने साउँद काग्रेंस समर्थक हुन् । 
 

कमेन्ट लोड गर्नुस