प्रविधिको उपयोग गर्दै स्थानीय तह
दार्चुलाको पहिलो महाकाली नगरपालिकाले सूचना प्रवाहका लागि ‘डिजिटल डिस्प्ले मार्फत नागरिक वडापत्र’ सञ्चालनमा ल्याएको छ। नगरपालिका कार्यालयका महत्वपूर्ण सूचनाहरू नागरिकसमक्ष सहज ढंगले प्रवाह गर्ने उद्देश्यले ‘डिजिटल डिस्प्लेमार्फत नागरिक वडापत्र’ सञ्चालनमा ल्याइएको हो। कार्यालयबाट हुने सार्वजनिक कार्यक्रम तथा महत्वका विषयवस्तुसँगै कार्यालयबाट प्रवाह हुने सेवाहरू, कर्मचारी विवरण, भिडियो, सेवा प्रवाहका किसिम, सम्पर्क स्थान लगायतका कुराहरु ‘डिजिटल डिस्प्लेको नागरिक वडापत्र’ को माध्यमबाट प्रवाह भइरहेको नगरपालिकाका सूचना अधिकारी यज्ञराज लेखकले बताए। यसले कार्यालयका काम तथा सूचना नागरिकसम्म पुराउन सहज हुने अपेक्षा लिइएको छ।