सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोको चपेटामा साँफे मार्तडी सडक

२०७५ साउन १४, ०६:११
बर्षाका कारण साँफे–मार्तडी सड्क खण्ड पहिरोको चपेटामा परेको छ । सड्कको ठाँउ–ठाँउमा पहिरो र हिलोले गर्दा सड्क अवरुद्ध भएको हो । केही ठाँउमा हिलो र केही ठाँउमा पहिरोका कारण यातायात बन्द हुँदा आवतजावत असहज भएको छ ।

अछामको साँफे देखी मार्तडी सम्म ५७ किलोमिटर सडक रहेको छ । यस्तै साँफे मार्तडी सड्क खण्डलाई बुढीगंगा नदिले कटान पनि गर्न थालेको छ । सड्क खण्डको अछामको बुढाबगर र बाजुराको ताप्रिसेरा गुइगाड, तिपाडा लगातयका क्षेत्रमा कटान गदै आएको छ ।

२०५२ सालमा शिलन्यास भएको सड्क खण्ड अहिले सम्म पनि पुरा हुन सकेको छैन् । ५७ किलोमिटर सड्कमा १ अरब भन्दा बढि खर्च भइसकेको साँफे मार्तडी सड्क खण्डले जनाएको छ ।
कमेन्ट लोड गर्नुस