धनगढीमै दुई साता सम्म पनि विग्रीएको टेलीफोन मर्मत हुदैन
धनगढी उप–महानगरपालीका वडा नम्वर १३ कैलाली गाउँका स्थानीय तारानाथ ओझाले घरमा ल्याण्डलाईन फोन जडान गरेको दशक बढि भईसकेको छ । सुरुका २, ३ बर्ष राम्रैसंग चलेपनि त्यसपछि भने टेलिकमको ल्याण्डलाईन फोन ओझाका लागी टाउको दुखाई मात्रै बनेको छ ।
नेपाल टेलिकममा मर्मतका लागी खवर गर्दा गर्दै ओझा थाकी सक्नुभएको छ ।
दुई साता देखि अवरुद्ध भएको धनगढी उप–महानगरपालिका वडा नम्वर १३ का ९५ जना स्थानीयको टेलीफोन सेवा सुचारु गर्नमा मुलुककै नाफा कमाउने कम्पनी, नेपाल टेलीकमले चरम लापरवाही गरेको छ । फागुनको २ गते देखि अवरुद्ध भएको टेलीफोन सेवा सुचारु गर्न अत्तरिया शाखालाई भनेपछि धनगढी शाखालाई भन्न र धनगढीलाई भनेपछि अत्तरियालाई भन्नुस भन्दै पन्छिदै गरेको स्थानीयले आरोप लगाएका छन ।
गहृणी महिला र बालबालीकाहरुले सबैभन्दा बढि प्रयोगमा ल्याउने नेपाल टेलीकमको ल्याण्डलाईन फोन अवरुद्ध भएपछि समस्या भएको छ । कैलाली गाउँमा टेलीकमको लाईन विस्तार भएपछि तार चोरी भएको थियो । त्यसपछि नयाँ तार जडान गरीएकोमा महिना दिनमै पटक–पटक विग्रिने गरेको छ । स्थानियका अनुसार द्धन्द्धकालमा गरीएका विस्फोटले विग्रिएको तार त्यहा जडान गरीएपछि बेला–बेला विग्रिने समस्या आएको हो । यसपालि विग्रीएको पनि दुई साता भन्दा बढि समय भएको छ तर टेलिकमबाट मर्मतका लागी चाँसो नै दिईएको छैन् ।
नेपाल टेलीकम देशकै सबैभन्दा बढि नाफामुखी कम्पनी हो । उप–महानगरकै वडामा दुई साता सम्म टेलीकमको लाईन मर्मत नगरीए पछि नेपाल टेलीकमको ब्यवस्थापन देखेर स्थानिय आक्रोसीत भएका छन् । बेला–बेला लाईन विग्रिने तर मर्मतका लागी महिनौ सम्म चाँसो नलिने गरेका कारण धेरै स्थानियले टेलीकमको लाईनै नै काटिसकेका छन् ।
धनगढी उप–महानगरपालिका वडा नम्वर १३ मा मर्मतको जिम्मा नेपाल टेलिकम अत्तरीया शाखाको हो । मर्मतको सामान र बजेट टेलिकमको धनगढी कार्यालयलाई माग गरेपनि नआएका कारण मर्मत नगरीएको अत्तरीया शाखाका प्रमुख भजन चौधरीले बताए ।
नेपाल टेलिकम धनगढीले भने पटक–पटक सो क्षेत्रमा लाईन विग्रिरहने भएकाले समस्या आइरहको जनाएको छ । तर पटक–पटक विग्रिनुको कारण खोजेर निदानका लागी पहल गरिएको छैन् । नेपाल टेलिकम धनगढी शाखाका प्रमुख विमल आचार्यले भने छिट्टै मर्मत गर्ने बताए ।




