सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुम्सीको पासोमा चितुवा प¥यो

२०७५ साउन १२, १०:४९

बैतडीमा दुम्सीका लागी थापेको पासोमा चितुवा परेको छ । जिल्लाको मेलौली नगरपालिका ३ लेकमा दुम्सीले मकै नष्ट गर्न थालेपछि स्थानियले थापेको पासोमा चितुवा परेको इलाका प्रहरी कार्यालय मेलौलीले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय मेलौलीको टोली त्यहाँ गएको प्रहरी नायव निरिक्षक रेवन्त पन्तले बताए । चितुवाको खुट्टा मात्रै पासोमा परेकोको चितुवा जिउदैँ रहेको स्थानिय इश्वर क्षेत्रीले बताए । जिल्ला बन कार्यालयको टोली पनि सो तर्फ गइरहेको जिल्ला बन अधिकृत प्रभात सापकोटाले बताए ।  प्रहरी तथा जिल्ला बनको टोलि दिउसो १२ बजे मात्रै घटनास्थल पुग्ने बताईको छ । मेलौली चितुवा प्रभाबित क्षेत्र हो । यसअघि मेलौली नगरपालिका, पञ्चेश्वर गाउपालिका तथा शिबनाथ गाँउपालिकाका २३ जनाको चितुवाकै आक्रमण बाट ज्यान गईसकेका छ भने धेरैलाई घाइते बनाएको छ ।

 

कमेन्ट लोड गर्नुस