सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुम्लीङदेखि तिंकरसम्म प्रहरीको सुरक्षा रहने

२०७५ वैशाख २८, ०२:०१

दार्चुलाको व्यास गाउँपालिकाको दुम्लीङदेखि तिंकरसम्म तीन ठाउँमा पहिलो पटक नेपाल प्रहरी बस्ने भएको छ। यो मौसममा सितापूल र तिंकरमा बस्ने प्रहरी यसपटक दुम्लीङमासमेत बस्ने भएको हो। सीमा नाकामा कडाई गर्नको लागि तीन ठाउँमा सुरक्षा प्रवन्ध मिलाइएको छ। हिउँदे मौसमको चिसो छल्न ब्याँसबाट दुम्लिङ झरेका तिंकर र छाङरुका स्थानीय ब्याँस फर्किएसँगै नेपाल प्रहरी सितापूल पुगेको छ। बिहीबार नेपाल प्रहरी सितापूल पुगेको हो।

व्यास छांगरु र तिंकरका स्थानीय खलंगा झरेपछि दुम्लीङ झरेका नेपाल प्रहरी माथि सरेको हो। नेपाल प्रहरी दुम्लीङ सितापूल र तिंकरमा बस्ने गरी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए। दुम्लीङ क्षेत्रमा छ महिना मात्रै बस्ने प्रहरी अब वर्षभरी राख्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। चौकी सार्नका लागि जिल्ला सुरक्षा समितिको बैठकले मन्त्रालय तथा सम्बन्धित विभागलाई एक साता अघि नै अनुरोध गरेको थियो । सौका समुदायको बसाइँसराइ सुरु भएकोले प्रहरी चौकी पनि माथि पठाइएको हो । त्रिदेशीय सीमा क्षेत्रमा पर्ने तिंकरमा प्रहरी पुग्न अझै केहि दिन लाग्ने छ । 
 

कमेन्ट लोड गर्नुस