दार्चुला तिकंर सडकको लागि विष्फोटक पदार्थ अझै आएन
दार्चुला तिंकर सडकको लागि आउने भनिएको विष्फोटक पदार्थ अझै ल्याईएको छैन्। बझाङ जिल्लामा निर्माणाधीन कालङगाड जलविद्युत आयोजनाबाट १० मेट्रिक टन विस्फोटक पदार्थ सापटीमा ल्याउने बताइएको तीन साता वितेपनि अझै विष्फोटक पदार्थ आएको छैन्। गत जेठ २२ गते दार्चुला तिंकर सडक आयोजनाले एकसाता भित्रै दार्चुलाको तिंकर सडकको लागि विष्फोटक पदार्थ ल्याउने दावी गरेको थियो। प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यलाई एकसाता भित्र विष्फोटक पदार्थ दार्चुला पुर्याएर काममा गति दिने बताएको तिंकर सडकले अझै विष्फोटक पदार्थ ल्याउन नसकेको हो।
दार्चुलाको तिंकर सडक विस्फोटक पदार्थ अभावमा तीन बर्षदेखी निर्माण कार्य ठप्प जस्तै छ। सेनाले सम्झौता अनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा कामले गति लिएको छैन् । योजना निर्माणका लागि २० मेट्रिक टन विस्फोटक पदार्थ उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म एक चौथाई अर्थात ५ दशमलव ७ मेट्रिक टन मात्रै उपलब्ध गराएको आयोजना कार्यालयले जनाएको छ।