दार्चुलामा किशोरीको बेवारिसे शव फेला
दार्चुलामा एक किशोरीको शव वेवारिसे अवस्थामा भेटिएको छ । नौगाड गाउँपालिका ६ नौगाडखोलामा अन्दाजी १७ वर्षिया किशोरीको शव फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए । स्थानियले खोलामा किशोरीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव षड्ने अवस्थामा रहेको प्रहरी नीरिक्षक बोगटीले बताए । हप्तादिन पहिले मृत्यु भएको जस्तो लाग्ने शव पहिचान गर्न गाह्रो भइरहेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।