दार्चुलाको मार्मामा एक जना मृत फेला
दार्चुलाको मार्मामा एक जनाको संकास्पद मृत्यू भएको छ । हिजो साझ आफ्नै घरमा सुतेका मार्मा १ घोल्जरका ४५ बर्षिय अंगबिर सिंह ठगुन्ना आज बिहान मृत अवस्थामा भेटिएका छन् । स्थानियका अनुसार मृतक ठगुन्नाको टाउको र सरीरमा गम्भीर चोट रहेको छ । घरक सबै ब्यक्तिहरु तराइमा बस्ने र उनि एक्लै घरमा बस्ने गरेको स्थानिय दिनेश सिंहले बताए । मृतक ठगुन्ना स्वास्थ्यचौकी मा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए । घटनाको थप अनुसन्धानका लागी अहिले प्रहरी घटनास्थल तर्फ भएको छ । प्रहरी घटनास्थल पुगेपछि मात्रै थप जानकारी आउने इलाका प्रहरी कार्यालय गोकुलेस्वर दार्चुलाका प्रहरी निरिक्षक दिर्घ बोकटीले बताए ।