सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी दुर्घटना : मृत्यु हुने तीन जनाको सनाखत

२०७५ जेठ १४, ०६:१७

डोटीको बोगटान गाउँपालिकामा जिप दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । १३ जना घाईतको भने उद्धार जारी छ । जिल्लाको बोगटान गाउँपालिका वडा नम्वर ६ पलाडी भन्ने स्थानमा से १ ज ८७७ नम्वरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । जीप साहु भक्त द्वारिया, चालक रामबहादुर बिक र यात्रु ईन्द्रा देवी रावतको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । 
यस्तै घाईते १३ जनाको स्थानीयले उद्धार गरि उपचारका लागि सडक सम्म पुगाएका छन् । ३ जनाको अवस्था गम्भरी भएकाले उपचारका लागि दिपायल पठाईएको वडा नम्वर ६ का वडा अध्यक्ष विरेन्द्र वहादुर चन्दले जानकारी दिए । 
दिपायलबाट बोगटान गईरहेको शैलेश्वरी यातायातको जिप पलाडीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटना स्थलमा भर्खरै मात्र प्रहरी चौकी चवराचौताराको टोली पुगेको चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक नरायण वडुले जानकारी दिए । दुर्घटना हुने जस्तो ठाँउ नभएप्नि चालकको लापरवाहीले दुर्घटना भएको स्थानीयले बताएका छन् । 

कमेन्ट लोड गर्नुस