सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा तीन छोराछोरी सहित आमाले सेती नदीमा हाम फालिन

२०७५ साउन ५, ०२:३६

डोटीको आदर्श गाउँपालिकाकी एक महिलाले तीन छोराछोरी सहित नदीमा हाम फालेकी छिन्। आदर्श गाउँपालिका वडा नम्बर ४ का बमवहादुर बोहराकी श्रीमती धौली बोहराले तीन छोराछोरी सहित सेती नदीमा हाम फालेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक लालबहादुर धामीले धौलीले २ छोरा र १ छोरीसँगै नदीमा हाम फालेको बताए। नदीमा हाम फाल्नेमा   १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीय छोरा सुनिल बोहरा रहेको उनले जानकारी दिए। 

घटना श्रावण १ गते भएको भए पनि प्रहरीलाई ढिला गरी जानकारी भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए। उनीहरु मध्ये  ६ वर्षीय सुनिल बोहरालाई सेती नदीमा माछा मार्दै गरेको माझी मानबहादुर विकले उद्धार गरेर बचाएको र अन्य तीनजनाको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक धामीले बताए। श्रीमतीले तीन छोराछोरीसहित सेतीमा हामफालेपछि घटनाको अनुसन्धान गर्न श्रीमान बमबहादुर बोहरालाइ नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस