डोटीको आर्दश गाउपालिकामा जिप दुर्घटना हुँदा २ जना घाईते
२०७५ साउन १९, ०२:२७
डोटीको आर्दश गाउपालिकामा शनिबार बिहान जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा २ जना सामान्य घाईते भएका छन भने अन्य २ जना सकुसल रहेका छन । दिपायलबाट आर्दश गाउपालिकाका लागि हिडेको से १ ज ६५७ नम्बरको जिप सोहि गाउपालिकाको वडा नम्बर १ बाझमा दुर्घटनामा परेको हो । घाईते भएका प्रकाश खड्का र रघुनाथ ओझाको दिपायल स्थित शैलेश्वारी अस्पतामा उपचार भईरहेको छ ।
कमेन्ट लोड गर्नुस