सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठेकेदार नै जनप्रतिनिधि भएपछि बाजुराका ६८ योजना अलपत्र

बेतालमाण्डौ बानेगाँउ सड्क खण्डको बार्जुगाड नदिमा ठेक्का सम्झौता भएर पनि अलपत्र अवस्थामा रहेको पुल। प्रकाश सिंह, बाजुरा। Dinesh Khabar
बेतालमाण्डौ बानेगाँउ सड्क खण्डको बार्जुगाड नदिमा ठेक्का सम्झौता भएर पनि अलपत्र अवस्थामा रहेको पुल। प्रकाश सिंह, बाजुरा। Dinesh Khabar
२०७५ असार ३, ०२:५७

बाजुरा जिल्लामा ६८ वटा विकास निर्माणका आयोजना अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराले गृह मन्त्रालयलाई पठाएको विवरणमा ६८ विकास निर्माणका योजना अलपत्र रहेका उल्लेख छ । समयमै काम सम्पन्न नभई अलपत्र पर्नेमा ४२ वटा बिद्यालयका भवन्, १३ वटा सडक, ६ वटा स्वास्थ्य चौकि र अन्य आयोजना गरि ६८ योजना रहेका छन् । धेरै योजनाहरु अलपत्र अवस्थामा छन्, कसैको पनि ध्यान जान सकेको छैन,’ प्राबिधिक कार्यलय बाजुराका ईन्जिनियर जंग बहादुर थापाले भने। ठेक्का समय अबधी सकेर अलपत्र रहेका केही योजनामा स्थानिय जनप्रतिनिधि नै ठेकेदार रहेको पाईको छ । डडेल्धुराको पशुराम नगरपालिका नगरप्रमुख भिम बहादुर साउद, बुढिन्नदा नगरपालिका नगरप्रमुख पदम कुमार गिरी, खप्तड छेडेदह गाँउपालिका ७ का वडा अध्यक्ष खगे्रन्द्र रावत समेत रहेका छन् ।

जिल्लाका काँडा स्वास्थ्य चौकी, साप्पाटा, आटिचौर, बह्रमतोला, तोली, छतारा स्वास्थ्य चौकी लामो समयसम्म पनि काम सम्पन्न हुन सकेको छैन्। समयमै स्वास्थ्य चौकी निर्माण नहुँदा विरामीको उपचार गर्नमा निकै समस्या भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताए । भारतिय राजदुतावासको सहयोगमा निर्माण हुन लागेको जनप्रकाश उच्च माविको भवन्, साँफे मार्तडी सड्क खण्डको गुईगाडको पुल ठेक्का भएको लामो समय सम्म सम्पन्न हुन सकेको छैनन् । साँफे मार्तडी सड्क खण्डको गुइगाडमा रहेको पुलको काम गर्ने जिम्मा पशुराम नगरपालिका नगरप्रमुख भिम बहादुर साउदको हो। सकिने मिति भन्दा ५ बर्ष ढिला भइसकेको भएपनि अझै काम पुरा भएको छैन् । 

 

कमेन्ट लोड गर्नुस