सुदूर नेपाललाई विश्वसँग जोड्दै

झण्डै तीन बर्षपछि टीकापुर घटनाको पेशी शुरु

२०७५ साउन ३०, ०१:२६

झण्डै तीन बर्ष अगाडी भएको टीकापुर घटनाको पहिलो पेशी शुरू भएको छ । पहिलो पेशीको लागि जिल्ला अदालतले साउन २४ गते समय तोकेपनि आजका लागि सारिएको थियो । पेशीका लागि टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका अभियुक्तलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । मुद्दाको आवश्यक मिसिल तयार पार्ने र वादी तथा प्रतिवादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी हुन सक्ने सम्भावना रहेको छ । 
थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी एक नाबालक र ७ प्रहरीको ज्यान गएको थियो । २ नाबालक, प्रतिनिधि सभामा विजयी रेशम चौधरी सहित २६ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाईएको छ भने पुर्पक्षको लागि कारागारमा छन् ।  
 

कमेन्ट लोड गर्नुस