जिल्ला प्रहरी कार्यालयमा सिसीटिभी क्यामरा जडान
जिल्ला प्रहरी कार्यालय दार्चुलामा पहिलो पटक सिसिटिभी क्यामरा जडान गरिएको छ। सिसीटिभी क्यामराको बिहीबार अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक बिक्रम बहादुर चन्दले उद्घाटन गरे। अनुगमन भ्रमणको सिलसिलामा दार्चुला पुगेका चन्दले सिसिटिभी क्यामराको उद्घाटन गरेका हुन। जिल्ला प्रहरी प्रमुखको रुपमा नवराज अधिकारी आएपछि पहिलो कामको रुपमै सिसिटीभि क्यामरा जडान गरिएको हो। आठ वटा क्यामरा जडित सीसीटिभीले प्रहरीको गतिविधि सहित बजार क्षेत्रको अवस्था अनुगमन गर्नेछ। प्रहरीको कस्टडीमा लगेर यातना दिइन्छ भन्ने आरोप हटाउनकै लागी भएपनि सिसिटिभी क्यामरा जडान गरिएको डिएसपी अधिकारीले बताए। सिसिटिभीलाई खलंगा बजारको अन्य क्षेत्रमा विस्तार गरिने बताइएको छ।