जब रेशमसंग कारागारमा भेटिए लक्ष्मण थारु....
टिकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दुई थारु नेता रेशम चौधरी र लक्ष्मण थारुबिच मंगलवार बिहान कारागारमा १ घण्टा बार्तालाप भएको छ। थरुहट आन्दोलनका चर्चित नेता रेशम र लक्ष्मणबिच टिकापुर घटनापछि पहिलो पटक कारागारमा भेट भएको हो।
सोमवार जिल्ला अदालतमा उपस्थीत भएका रेशमलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनि कारागार चलान भएका थिए। लक्ष्मण थारुलाई भने टिकापुर घटना घटेको केहि दिनपछि भैरहवाबाट प्रहरीले पक्राउ गरी कारागार बुझाएको थियो।
टिकापुर घटनाको आरोपमा लक्ष्मण थारु सहित २५ जना थुनामा रहेपनि अन्यलाई भने सोमवार मात्रै कारागार चलान भएका रेशमसंग भेट गर्न दिईएको छैन्।
कारागार प्रसासनको अनुमतीमा लक्ष्मण थारु र रेशम चौधरीले भने भेट गरेका हुन्। उनिहरु बिच एक घण्टा लामो कुराकानी भएको बताईएको छ। भेटमा थरुहट आन्दोलन, टिकापुर घटना र अहिले चलिरहेको मुद्धाका बिषयमा कुराकानी भएको छ।
‘टिकापुर घटनापछि रेशम जी संग कारागार भित्रै भेट भयो, हामीबिच टिकापुर घटना, थरुहट आन्दोलन र अहिले चलिरहेको मुद्धाका बिषयमा कुराकानी भयो।’ कारागारमा रहेका लक्ष्मण थारुले भने।
रेशम चौधरीले भने लक्ष्मण थारुसंग भेटका क्रममा भएका कुरा खुलाउन चाहेनन। उनले झण्डै ३ बर्षपछि लक्ष्मण थारुलाई भेट्न पाउदा सामान्य भलाकुसारी भएको बताए।
कारागारमा रेशमलाई भेट्न समर्थकको भिड
कैदी नम्बर ४ कोठामा राखिएका रेशम चौधरीलाई भेट्न उनका समर्थकहरुको कारागारमा भिड लागेको छ।
बिहानैदेखी थारु नेताहरु र र उनका आफन्तहरु कारागारमा भेटका लागि पुगीरहेका हुन।
कारागारकोे गेटमै सांसद रेशम लाल चौधरी भेटघाट पुस्तीका राखिएको छ। आफुलाई भेट्न आएका सबैसंग रेशमले भेट गरिरहेका छन्।
थारु आन्दोलनका अगुवा प्रभात कुमार चौधरी, माधव चौधरी, गया प्रसाद कुस्मी लगायतका नेताहरुले कारगारमा पुगी रेशमसंग भेट गरेका छन्।