सुदूर नेपाललाई विश्वसँग जोड्दै

चट्याङ लागेर १० महिने बालकको ज्यान गयो

२०७४ चैत्र २४, ०२:४७

अछाम चट्याङ लागेर १० महिने बालकको ज्यान गएको छ।  शुक्रवार राती परेको चट्याङ लागेर अछामको चौरपाटी गाउपालिका वडा नम्बर ३ गगुडामा १० महिने बालकको मुत्यु भएको हो। साँझ साढे ७ बजेतिर घरमै सुतिरहेको बेला चट्याङ पर्दा रमेश कामिका १० महिने छोरा आयुष कामिको मुत्यु भएको छ भने १६ बर्षीया बहिनी सीता कामी गम्भीर घाईते भएकी छन्। घाईते सीताको अनुहार देखि छाती सम्म जलेको स्थानीय कृष्ण बहादुर साउदले जानकारी दिए।

उनको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ। घाइते सीताको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न डाक्टर विकास गौचनले जानकारी दिए। चट्याङ लागेर  रमेशको घरको गोठमा बाधिएका ५ बाख्रा, एक गोरु पनि चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। २ तले घर पुरै जलेर नष्ट भईसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले जानकारी दिए। हावाहुरीसंगै परेको असिनापानीले जिल्लाको मंगलसेन, नगरपालिका, चौरपाटी गाउपालिका र ढकारी गाउपालिका क्षेत्रमा गहु, तारकारीवालीमा ठूलो क्षति पुगेको छ।
 

कमेन्ट लोड गर्नुस