खाद्यान्न र औषधी हस्तान्तरण
नयाँ वर्षको अवसरमा रोहन मेडिकल हल धनगढीको कैलालीमा गाउँमा रहेको निङ्लासैनी गुरुकुल संस्कृत विद्यापीठका विद्यार्थीलाई खाद्यान्न र प्राथमिक उपचारका औषधी प्रदान गरेको छ ।
रोहन मेडिकलका सञ्चालक चन्द्रप्रकाश चौधरीले विद्यापीठका प्रधानाध्यापक खगेन्द्रराज अवस्थीलाई विद्यार्थीका लागि २ कट्टा चामल र प्राथमिक उपचारका औषधी हस्तान्तरण गरेका हुन ।
नयाँ वर्षकै अवसरमा पाठक हार्डवयर धनगढीका सञ्चालक भोजराज पाठकले पनि विद्यापीठका विद्यार्थीहरुलाई भोजन खुवाएका छन ।