सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको ८० प्रतिशत जनसंख्या शुद्ध खानेपानी पहुँच बाहिर (भिडियो रिर्पोट)

२०७५ वैशाख १७, ०९:१८

धनगढी उपमहानगरपालिका ३ विशालनगरका १९ वर्षिय दीर्घ धामीलाई धनगढीमा स्थायी बसोबास गरेको १० वर्ष पुग्नै लागेको छ । तर धामीले अहिलेसम्म पनि ह्याण्ड पप्प अथात् नल्काको पानि प्रयोग गर्दै आएका छन् । धामीले भने,‘प्रदेश राजधानी भइसक्यो बजार क्षेत्रमै खानेपानिका धारा छैनन्, नल्काकै पानि खानुपर्ने बाध्यता छ ।’ धामी मात्र होइन धनगढीका अधिकांस वासिन्दाका घरमा समेत शद्ध खानेपानिका धारा छैनन् ।

वशालनगरकी महिला हिरा चन्दले नल्काको पानीमा आर्सेनिक हुने भएकाले उपभोग गर्दा बिभिन्न समस्या हुने गरेको बताईन् । कैलालीको झन्डै ८० प्रतिशत जनसंख्या शुद्ध  खानेपानिको पहुच बाहिर रहेको पाइएको छ । जिल्लाको ९७ प्रतिशत जनसंख्याले आधारभुत स्तरको खानेपानि प्रयोग गरेपनि २० प्रतिशतले मात्र उच्च स्तर अथात् पुर्ण शुद्ध खानेपानिको उपभोग गरिरहेका छन्। हुन । प्रदेश ७ को अस्थायी राजधानी तथा कैलाली सदरमुकाम समेत रहेको धनगढी उपमहानगरपालिका क्षेत्रमा रहेको १ लाख ३७ हजार जनसंख्याको २९ प्रतिशत अथात् ४१ हजार जनसंख्या शुद्ध खानेपानिको पहुचमा छ ।

उपमहानगरपालिका क्षेत्रका करिब ५ हजार २ सय घरधुरीमा नेपाल खानेपानि संस्थान र सोही हाराहारीमा खानेपानि तथा सरसफाई डिभिजन कार्यालयले मध्यम तथा उच्च स्तरको खानेपानिको आपूर्ती गर्दै आएको छ ।  प्रदेशको सबैभन्दा विकसीत शहरका रुपमा रहेको धनगढी क्षेत्रमा रहेको खानेपानिको अवस्थाबाटै जिल्लाको स्थिती जान्न सकिन्छ । जिल्लाको करिब ६० प्रतिशत जनसंख्या मात्र सुरक्षीत तथा व्यवस्थीत खानेपानि प्रणालीमा जोडिएपनि  मध्यम र उच्च स्तरको खानेपानिको उपभोग गर्ने जनसंख्या भने २० प्रतिशत रहेको खानेपानि तथा सरसफाई डिभिजन कार्यालय धनगढीका डिभिजन प्रमुख नारायण प्रसाद काफ्लेले बताए ।

उनका अनुसार जिल्लामा लागु भएको साना शहरी खानेपानि आयोजना अन्र्तगत धनगढीको शिवनगर, अत्तरिया, सुखड टिकापुर र लम्कीमा निर्माण भएका ५ वटा ओभरहेड ट्याङकीले मात्र मध्यम तथा  उच्च स्तरको पानि उपभोक्तालाई वितरण गर्दै आएका छन् ।  आर्थिक वर्ष २०७६÷७७ भित्र निर्माण सम्पन्न गर्ने गरी अहिले पनि खानेपानिका ९७ योजनामा काम चलिरहेको छ । छनौट भएका योजनाको काम समयमै सम्पन्न नहुने प्रवृत्तिले उच्च स्तर मात्र नभई पाइप लाइन प्रणालीको पानि पाउनबाट समेत उपभोक्ता बञ्चित भएका छन् भने ह्याण्ड पप्प, कुवा, पधेरोको पानि प्रयोग गर्दा रोगको जोखिम समेत बढ्दै गएको छ ।   
 

कमेन्ट लोड गर्नुस