उपचार गराईरहेका घाईते भन्छन्– स्थानीय र प्रहरी पनि रमिते भए (भिडियो सहित)
फिल्मी शैलीको लुटपाट र गोलीकाण्डः
धनगढीमा दिन दहाडै गोली प्रहार गरी रकम लुट्ने लुटेरा भएको आशंकामा पक्राउ गरि अनुसन्धान भईरहेको अवस्थामा गोली लागेर घाईते भएका निर्मल कार्कीले आफुलाई कसैले सहयोग नगरेको वताएका छन । सेती अञ्चल अस्पतालमा उपचार गराईरहेका कार्कीले स्थानीय वासिन्दा र प्रहरी मुखदर्शक भएर रमिते हेरिरहेको वताएका छन ।
लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको सव्जीमण्डीमा आईएमकीका कर्मचारी कार्कीमाथि गोली प्रहार गरि वैंकवाट झिकेको रकम लुटेर भागेका थिए । रकम भएको झोला सहित लुटेर भाग्दा पनि कसैले आफ्नो हार गुहार नसुनेको घाईतले अस्पतालको शैय्यावाट उनले भने– म सधैं पैसा लिन आउँथे । आज पनि पैसा लिएर आउने क्रममा विच सडकमै गोली हानेर मलाई लुटे । मैले वचाउ वचाउभन्दा पनि कसैले सहयोग गरेनन् । देख्ने जति सवै रमिते भए वचाउन पनि कोही आएनन् ।
सेती अञ्चल अस्पतालमा उपचार गराई कार्कीले थपे– म ढल्दा पनि उठाउन कोही आएनन, काला काला मान्छेले मुख छोपेका थिए । मैले उनीहरुलाई चिन्न सकेन् ।