सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि कैलाली भ्रमण वर्ष २०७५ सुरुहुदै

२०७५ वैशाख २२, ११:४७

आज देखि कैलाली भ्रमण वर्ष २०७५ सुरु हुदै छ। ‘पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्ला विकासको मूल आधार’ भन्ने मूल नाराका साथ भ्रमण वर्षको चिसापानीमा उद्घाटन हुनेछ। कैलालीका विभिन्न पर्यटकीय स्थलको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्षभरी विभिन्न गतिविधि गरिने जिल्ला समन्वय समिति कैलालीका प्रमुख थापाले बताए। भ्रमण वर्ष, २०७५ को रक्षामन्त्री ईश्वर पोख्रेलले उदघाटन गर्ने उनले बताए। भ्रमण वर्षमा जिल्लाका पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक एवं दुर्लभ वन्यजन्तुको बासस्थलको अवलोकन गराइनेछ। भ्रमण वर्ष अवधीमा कैलालीका प्रमुख पर्यटकीय स्थलहरु कर्णाली पुल, चिसापानी, टीकापुर पार्क, घोडाघोडी ताल, मोहनाको डल्फिन क्षेत्र, राजकाँंडा क्षेत्र, गोदावरी लगायतका क्षेत्रको प्रचार प्रसारका साथै आन्तरिक र बाह्य पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस