सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपिमा यार्सा संकलन बन्द

२०७५ जेठ ११, ०१:१४

दार्चलाको अपिहिमाल गाउँपालिकाको यार्सागुम्बा पाइने पाटनहरुमा यार्सा संकलन बन्द गरिएको छ। पाटनहरुमा यार्सागुम्बा पाइन छोडेपछि संकलकहरुले दश दिनको लागि संकलन बन्द गरेका हुन्। जिल्लाको सबैभन्दा ठूलो क्षेत्र तथा बढि यार्सागुम्बा पाइने लोलु, रोखापु क्षेत्रमा जेठ १० गतेदेखि जेठ २० गतेसम्म यार्सा संकलन बन्द गरिएको छ । हिउँ पर्ने तथा हिउँ पग्लिएको क्षेत्रमा समेत यार्सागुम्बा पाइन छोडेपछि संकलन कार्य बन्द गरिएको अपि हिमालका स्थानीय हरिशचन्द्रसिह कार्कीले जानकारी दिए।  
 

कमेन्ट लोड गर्नुस