सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनुमति लिन अझै आएनन

मापदण्ड विपरित सीसी क्यामेरा जडान

२०७५ जेठ ३१, ०६:३७

दार्चुलामा मापदण्ड विपरीत सीसी क्यामेरा जडान कार्य भएपनि अझै अनुमति लिन आएका छैनन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुमति वीना सीसी टिभी क्यामेरा जडान गर्न नमिल्ने भन्दै अनुमति लिन जेठ २० गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।  प्रशासनले सूचना सार्वजनिक गरेको ११ दिनसम्म सीसी टिभी क्यामरा जडानको लागि प्रक्रिया पूरा गरेर अनुमति लिन आएका छैनन् । सदरमुकाम खलंगाको एक होटल र एनआईसी एसिया बैंकले अनुमति फाराम भरेर आवश्यक कागजात पुर्याउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । 
जिल्ला प्रशासनले सीसि टिभी क्यामरा जडान गरेको व्यवसाय एवं कार्यालयलाई सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र सीसीटिभी जडान तथा सञ्चालन कार्यविधि अनुसार अनुमति पत्र लिन आग्रह गरेको थियो । २०७२ कात्तिक २५ गते मन्त्रि परिषद्बाट स्वीकृत सीसी टिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि अनुसार अनुमति नलिएर जडान नभएको पाइए सोही व्यवस्था अनुसार कारवाही पक्रिया अघि बढ्ने जोशीले बताए । 
 

कमेन्ट लोड गर्नुस