अनुमति पत्र अनिवार्य लगेर मात्रै यार्सागुम्वा संकलन तथा ओसार पसार गर्न आग्रह
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा संकलन गर्नको लागि संरक्षण क्षेत्र अन्र्तगतका सेक्टर कार्यालय, रेन्जपोष्ट तथा पोष्टहरुबाट अनिवार्य रुपमा उत्पत्तिको प्रमाणपत्र लिएर मात्रै जान आग्रह गरेको छ। अपिनम्पा संरक्षण क्षेत्र कार्यालयले जारी गरेको यार्सागुम्बा संकलन अनुमति पत्र नभए कानुन अनुसार कारवाही हुने चेतावनी समेत दिएको छ। अहिले संरक्षण क्षेत्रले समयमै परिचय पत्र वितरण नगर्नु, गाउँपालिका र संरक्षण दुबै ठाउँमा राजस्व बुझाउँनुपर्ने लगायत विभिन्न अन्यौलताका वीच संकलकहरु समस्यामा परेका छन्। यार्सागुम्वाको दिगो व्यवस्थापनका लागि यसबर्ष कार्यालयले दश हजार संकलकहरुलाई मात्रै संकलन अनुमति वितरण गर्ने जनाएको छ। अपि नाम्पा संरक्षण क्षेत्रले जिल्लाका आठ वटा ठाउँबाट परिचयपत्र वितरण गर्ने गरी कर्मचारी परिचालन गरेको छ।