अध्यक्षसंग विद्यार्थी कार्यक्रम सञ्चालन गरिने
बैतडीको सुर्नया गाउँपालिकाले चालु शैक्षिक सत्रमा अध्यक्षसंग विद्यार्थी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि यो कार्यक्रम सञ्चालन गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए । गाउँपालिकाभित्र रहेका प्रत्येक सामुदायिक विद्यालयमा एक दिन आफू पुग्ने र विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम राख्ने उले बताए ।
यस्तै विद्यालयका अविभावकहरुसंग पनि शैक्षिक गुणस्तर सुधारका लागि छलफल गरिने उनको भनाई छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नैतिकवान, सामाजिक र दक्ष बनाउनका लागि आधारभूत तहबाटै प्रयास गर्नुपर्ने भएकाले यो कार्यक्रम सञ्चालनमा ल्याउने तयारी भएको अध्यक्ष बिष्टले बताए ।