सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको ठुलासैनमा भूमिगत पानी

२०७५ भदौ २, ०९:४६

समुद्री सतहबाट करिब १८ सय मिटर माथि रहेको अछामको ठुलासैनमा डिप बोरिङबाट भुमिगत पानी निकालिएको छ । चार सय मिटर गहिरोको भुमीगत पानी निकालेर जनतालाई वितरण गरिने भएको हो । पानीका  लागि मंगलसेन नगरपालिकाले ६० लाख बजेट खर्च गरेको छ । करिब १४ महिनामा पानी आएपछि स्थानीय हर्षित भएका छन । नेपाल हाईड्रोपावर कम्पनीले  पानी निकाले पछि मात्रै बाँकी रकम पाउने सम्झौता भएकाले रकम भुक्तानि नगरिएको तर रकम पुरै खर्च भईसकेको उपभोक्ता समितिका अध्यक्ष हेमराज भण्डारीले बताए । 
मेसिनको माध्ययमले जमिन मुनीबाट ३२ एमएम पानी निकाल्न सफल भएको उनले बताए । अग्लो डाँडोमा जमिनबाट पानी निकाल्न सफल भएपछि आफु जीवनमै सबैभन्दा बढी खुसी भएको  वडानम्वर ६ का अध्यक्ष जनकराज भण्डारीले बताए । 
नगरपालिका, वडा कार्यालय, उपभोक्ता समिति र नेपाल हाईड्रोपावर कम्पनीको लामो समयको मेहनत पछि ठुलासैनको युगौं युग देखीको खानेपानी समस्या समाधान भएको अध्यक्ष भण्डारीले बताए । वर्षातको समयमा निकालिएको पानी दिगो र बाह्रै महिना सञ्चालन हुनेमा स्थानीयको आशंंका छ । 
 

कमेन्ट लोड गर्नुस