प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुल विजयी
जारी प्रिमियर लिग अन्तर्गत आइतबार राती भएका खेलहरुमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । यस्तै साउथ ह्याम्टन र बर्नले फुटबल क्लबले बराबरी खेलेका छन् ।
आइतबार राती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई २–० ले पराजित गरेको गर्यो ।
सिटीका लागि खेलको १४ औं मिनेटमा नै रहिमले गोल गरे भने ६४ औं मिनेटमा सिल्भाले विजयी गोल गरे । योसँगै खेलमा सिटीले तीन अंक बनाउँदै लिगमा विजयी सुरुवात गरेको छ ।
यसअघि भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ४–० को फराकिलो गोल अन्तर्ले पराजित गर्यो ।
लिभरपुलका लागि मोहम्मद सलाहले खेलको १९ औं मिनेटमा सुरुवाती गोल गरे भने सादियो मानेले ४७ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे ।
यस्तै उनले खेलको ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को अवस्थामा पुर्याए ।
यस्तै खेलको ८८ औं मिनेटमा डानियलले अर्को गोल थपेसँगै लिभरपुल ४–० ले विजयी भयो । साउथ ह्याम्टन र बर्नले फुटबल क्लबले भने गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडे ।एजेन्सी

