नेपाललाई जुडोमा चुनौती

१८ औं एसियाली खेलकुद (एसियाडको) जुडोमा सहभागी नेपालका सबै खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन । इन्डोनेसियामा जारी रहेको खेलबाट नेपालका लागी ८ खेलाडी बाहिरिएका हुन । शुक्रबार नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन । महिलाको ७८ केजी तौल समूहमा नेपालकी पुनम श्रेष्ठ क्वाटरफाइनलमा दक्षिण कोरिया, पुरुषको ९० केजी तौल मुनीको प्रिक्वाटरफाइनलमा नेपालका श्रीराम माकाजुले ताजिकिस्तानका खेलाडी र सय केजी तौल मुनी स्पर्धाको अन्तिम १६ को भिडन्तमा रविन श्रेष्ठले उज्वेकिस्तानका खेलाडीसँग हार ब्यहोरका हुन ।



