डीपीएल २ः अत्तरिया ९ ले विकेटको विजयी

डीपीएल २ अन्तर्गतको दोस्रो दिनको खेलमा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरेको छ। सीवाईसी अत्तरियाले ६२ रनको लक्ष्य ७। ३ ओभरमा ६५ रन बनाउँदै पुरा ग¥यो ।
अत्तरियाबाट कप्तान सुवास खकुरेल १९ रन बनाएर आउट भए, यस्तै गौरव चित्तकारा ३० र प्रेम तामाङ १४ रनमा नट आउट रहे । यसअघि टस जितेर व्याटिङ रोजेको रुपन्देही १५।२ ओभरमा ६२ रनमा अल आउट भएको थियो ।
रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा सीवाईसीका कमलसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चँदै ४ विकेट लिए भने सुभांकर उराउले २।२ ओभरमा १ मेडन राख्दै ३ विकेट लिए । उनले जम्मा ७ रन मात्रै खर्चिए ।
रुपन्देहीको तर्फबाट सुफियाल मुहम्मदले सर्वा्धिक २० रन जोडे उनी बाहेकका अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। प्रदीप ऐरी सागर पुन र सुशन भारी शुन्यमा आउट भए ।

