सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानी टोलीसँग नेपाल एक शून्यले पराजित

२०७५ साउन ३०, ०८:००

 १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत मंगलबार भएको आफ्नो पहिलो खेलमा जापानसँग पराजित भएको छ । 
नेपालको २३ वर्षमूनिको फुटबल टोली जापानको २१ वर्षमूनिको टोलीसँग पराजित भएको छ । बलियो प्रतिद्वन्द्वीविरूद्ध गतिलो प्रदर्शन गरेर पनि नेपाली टोली १-० गोलअन्तरले पराजित भएको हो । 
इन्डोनेसियामा भएको एसियन गेम्स अन्तर्गतको खेलमा डिफेन्सिफ खेलेको नेपालले गतिलो प्रदर्शन गरेर पनि जापानलार्इ नतिजा सुम्पिएको हो । 
जापानका लागि मिटोमा काओरुले खेलको सातौँ मिनेटमा निर्णायक गोल गरेका थिए । जापानले खेलको सुरूमा गरेको गोललार्इ अन्तिमसम्म जोगाइराखेर नेपाललार्इ हराएको हो । 
जापान पुरै खेल अवधिभरी नेपाललार्इ दबाबमा राखेको थियो । बलियो टोलीविरूद्ध सुरूबाटै अन्तिमसम्म डिफेन्सिफ खेलेको नेपालले जापानलार्इ थप गोल गर्नबाट रोक्यो । नेपालले अब अर्को खेल भियतनामसँग खेल्नेछ । 
आयोजक इन्डोनेसियाले एसियाडको औपचारिक उद्घाटन १८ तारिखमा गर्नेछ। तर, फुटबल खेलहरू मंगलबारदेखि सञ्चालन गरिएको हो। एसियाडको वैदेशिक तयारी र मैत्रीपूर्ण अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली फुटबल टोली आइतबार इन्डोनेसिया पुगेको थियो।

कमेन्ट लोड गर्नुस