सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानमाथिको निलम्बन फुकुवा गर्न मनिटरिङ् कमिटीको बैठक

२०७५ साउन २९, ०८:२३

क्रिकेट विवाद समाधान गरी नेपाल क्रिकेट संघ क्यानमाथिको निलम्बन फुकुवाका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बनाएका मनिटरिङ् कमिटीको बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको सोल्टी होटलमा जारी कमिटीको बैठक मंगलबारसम्म चल्नेछ । बैठकले क्यानको सुल्झाउन बाँकी विवादका बारेमा अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ ।
मूख्य गरी जिल्ला संघहरुको अधिवेशनबारे असन्तुष्टिमा बैठक केन्द्रित रहनेछ ।
 कमिटीले साउन १० गते सार्वजनिक सूचना जारी गरी जिल्ला संघको अधिवेशन बारेको प्रमाणिकरण पेश गर्न भनेको थियो । निर्वाचित क्यानले जिल्लाको अधिवेशन स्वीकार गर्न माग गरिरहेका बेला आईसीसीले भने गत बैशाखमा संशोधन गरिएको विधानअनुरुपको निर्वाचनलाई मात्र मान्यता दिने बताएको छ ।
यी लगायतका अन्य विवाद समाधान गरी क्यान निलम्बनको फुकुवाका लागि सकारात्मक निर्णय लिने कमिटीका सदस्य एलबी क्षेत्रीले जानकारी दिए । 
आईसीसीले बनाएको मोनिटरिङ कमिटीमा राष्ट्रिय खेलकुद परिषदका १, निलम्बित क्यानका १ र आईसीसीका तीनजना प्रतिनिधि छन् ।
राखेपबाट एलबी क्षेत्री, निलम्बित क्यानबाट ठाकुरप्रताप थापा (रइस) र आइसीसीबाट अमर शेख, मोहम्मद अली र नितिश कोठारी छन् । 
निर्वाचित क्यानले आईसीसीको म्याण्डेटअनुसार विधान संशोधन गरेपछि बाँकी विवाद समाधानका लागि आईसीसीले मनिटरिङ कम्पनी गठन गरेको हो । 

कमेन्ट लोड गर्नुस