कुखुरा व्यवसायी नै तस्करी नियन्त्रण अभियानमा सक्रिय (भिडियो सहित)
नियमनकारी निकायकै मिलेमतोमा प्रतिवन्धित कुखुरा तस्करी
नियमनकारी निकायकै मिलेमतोमा प्रतिबन्धित कुखुराको तस्करी हुन थालेको आरोप लगाउदै कैलालीका कुखुरा व्यवसायी नै तस्करी नियन्त्रण अभियानमा सक्रिय भएका छन् । अण्डा तथा कुखुरा व्यवसायीक संघ गठन गरि संगठीत भएका व्यवसायीहरुले तस्करी नियन्त्रण गर्ने अभियान सुरु गरेका हुन् । प्रतिवन्धित कुखुरको खुलेयाम तस्करी भईरहँदा पनि नियमनको जिम्मा पाएका नियकाहरु तस्करी रोक्नुको सट्टा मिलेमतो गर्दै बढवा दिन थालेपछि आफै तस्करी नियन्त्रणको अभियानमा लागेको उनीहरुले बताएका छन् ।
अण्डा दिन थाकिसकेपछि भारतमा नष्ट गर्न लागिएका कुखुराको तस्करी गरि कैलालीको मासु बजार चलिरहे पनि नियमनकारी निकाय भने तिनै तस्करबाट असुलीमा लागेको आरोप लागेको हो । भारतबाट प्रतिवन्धित कुखुराको निर्वाध रुपमा तस्करी गरि नेपाली कुखुरा व्यवसायीलाई पलायन गर्ने चलखेल भएको भन्दै व्यवसायीहरु आफै तस्करी रोक्नका लागि लागि परेका छन् । कुखुरा व्यवासायीले तस्करी रोक्न सिमा क्षेत्रमा निगरानी बढाएपछि अहिले खुलेयाम रुपमा भारतबाटै कुखुराको मासु तस्करी भईरहेको छ ।
भारतबाट कुखुरा र प्रतिवन्धित अण्डाको तस्करी गर्नेहरुबाट सुरक्षा निकाय र नियमनको जिम्मा पाएका अन्य सरकारी नियकाले असुली गर्ने गरेको आरोप व्यवसायीहरुले लगाएका छन् । जस्ले गर्दा नेपाली कुखुरा व्यवसायीले विगत लामो सयमदेखि तस्करी नियन्त्रण गर्न माग गरेपनि नियमनकारी निकाय भने उदासीन बनिदिने गरेका छन् । भारतमा नष्ट पार्न लागिएका कुखुराको तस्करी गरि नेपालमा ल्याईएपछि सस्तो मुल्यमा विक्री वितरण गरिदै आईएको छ । नेपालमै कुखुरा उत्पादन गरेका किसनाहरुले भने प्रतिवन्धीत कुखुराहरु सस्तो मुल्यमै विक्री हुने भएकाले प्रतिस्पर्धा गर्न सक्दैनन् । कुखुरा व्यवसायबाटै पलायन हुन पर्ने अवस्था आएपछि आफै तस्करी नियन्त्रणको अभियानमा सक्रिय रहेको अण्डा तथा कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष भुवन पाण्डेयले जानकारी दिए ।
भारतमा अण्डा दिन थाकिसकेपछि नदि किनारमा नष्ट गर्नुपर्ने कुखुराहरुको नेपाली बजारमा तस्करी भईरहेको हो । यस्ले बर्डफ्लुको समस्या बढाउदै लैजाने भएपनि प्रतिबन्धीत कुखुराको तस्करी नियन्त्रणमा नियमनकारी निकाय भने मौन छ । उपभोक्ता समितीको नाममा राजनीती गर्ने सस्थाहरु प्रतिवन्धीत कुखुराको अवैध तस्करी गरि जनस्वास्थ्यमा असर परिरहेपनि मौन बसेका छन् । कसैले पनि तस्करी नियन्त्रणका लाथि चाँसो नदेखाएपछि अहिले कुखुरा व्यवसायीहरु आफ्नो व्यवसाय छोडेर भएपनि दैनिक रुपमा सिमा क्षेत्रमा खटिन थालेका छन् । अण्डा तथा कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष भुवन पाण्डेयसँग गरिएको कुराकानी हेर्नुहोस् ।