व्रेन स्टोर्म अवोर्ड एजुकेसनको शाखा धनगढीमा
मुख्य कार्यालय काठमाण्डौको नयाँ बानेश्वरमा रहेको व्रेन स्टोर्म अवोर्ड एजुकेसन तथा ईमाईर्गेसन कन्सल्टेन्सी प्रालिको शाखा धनगढीमापनि खोलिएकोछ । अष्टे«लियामा पनि शाखा कार्यालयरहेको व्रेन स्टोर्मको धनगढीमा पनि शाखा सञ्चानलमा ल्याईएको हो ।
धनगढी उपमहनगरपालिका वडा नम्वर ५ हसनपुर नजिकैको ऐश्वर्य विद्या निकेतन अगाडी शाखा स्थापना गरिएको हो । शाखाको धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडले उद्घाटन गरे । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको सहजताका लागि धनगढीमा शाखा सञ्चालनमा ल्याईएको व्रेन स्टोर्म अवोर्ड एजुकेसन तथा ईमाईर्गेसनका प्रवन्ध निर्देशक कमल खातीले जानकारी दिए ।
७ नम्बर प्रदेशबाट अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले काठमाण्डौ जानुपर्ने वाध्यतावाट छुटकारा पाउन भन्नका लागि धनगढीमा शाखा खोलिएको व्रेन स्टोर्म अवोर्ड एजुकेसन तथा ईमाईर्गेसन कन्सल्टेन्सीका धनगढी प्रमुख दिपेन्द्र विष्टले वताए । धनगढी शाखाले विभिन्न देशको भाषा सिकाउने र ती देशमा अध्ययनका लागि जाने विद्यार्थीहरुको भिषा तयारी समेत गर्ने व्रेन स्टोर्म अवोर्ड एजुकेसनले जनाएकोछ ।