पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यकारिणी समिति पदाधिकारी विहीन (अडियो रिर्पोट सहित)
डिपिआरको ड्राफ्टमाथिका दुई सय वढी वुँदामा छलफल र सहमति हुनै वाँकी
६२ वर्षअघि सुरु भएको वहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यकारिणी समिति पदाधिकारी विहीन भएको छ । नेपाल र भारतले पालैपालो ३÷३ वर्षको नेतृत्व गर्ने गर्भनिङ वडी अर्थात कार्यकारिणी समितिमा कार्यकाल सकिएपछि हाल समिति पदाधिकारी विहीन वनेको हो ।
नेपालले नेतृत्व गरेको समितिको तीन वर्षे कार्यकाल हालै सकिएको छ भने भारतले सो समितीमा पदाधिकारी नियुक्त गर्नमा ढिलाई गरिरहेको छ । भारतीय पक्षले नियुक्ती गरेपछि नेपाल त्यसपछि नियुक्त गर्ने पर्खाईमा रहेकोले कार्यकारिणी समिति पदाधिकारी विहीन वन्दा प्रशासनिक वाहेकका सवै कामहरु ठप्प प्रायः भएका हुन् ।
पटक पटक विभिन्न वहानाले सुस्ताएको पञ्चेश्वर परियोजनाको लागि वनाईएको दुवै देशका अधिकारी सम्मिलित विज्ञ समुहको पनि वैठक वसाउने तयारी हुँदा हुँदै समितीको समय सिद्धिएको हो । नयाँ नियुक्त भएर समितीले पुर्णता पाएपछि मात्रै विज्ञ समुहको वैठक वसेर दुवै देशका विचमा रहेका असमझदारीका वुँदामा छलफल र वहस भएर निष्कर्षमा पुगिनेछ ।
सन् १९५६ देखि सुरुवात थालिएको आयोजनाको डिपिआरको ड्राफ्ट पनि २२ वर्षअघि तयार भएपनि त्यसले अन्तिम रुप लिन सकेको छैन । डिपिआरमाथि दुवै देशका अधिकारीहरुले टिप्पणी गर्दै पाँच सय ७५ वुँदाहरु तयार पारिएको अवस्थामा तीन सय ७३ वुँदामा सहमति भईसकेको छ ।
वाँकी रहेका दुई सय दुई वुँदामा छलफल र वहसको काम नै सुरु हुन सकेको छैनन् ।
प्रस्तुत छ यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ सुन्दरपश्चिम :