सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला–तिकंर सडकमा बिस्फोटक पदार्थको अभाव कायमै

सात दिनभित्र विष्फोटक पदार्थ पुग्ने प्रतिवद्धता अधुरै

२०७५ जेठ ३०, ०६:४६

दार्चुला तिंकर सडकले गत जेठ २२ गते जिल्ला प्रशासन कार्यालयमा सात दिनभित्र १० टन विष्फोटक पदार्थ पुग्ने प्रतिबद्धता गरेपनि प्रतिबद्धता गरेको आठौ दिनमा समेत विष्फोटक पदार्थ पुगेको छैन् । ठेक्का लिएर काममा लापरवाही गर्ने कार्यालयलाई बोलाएर प्रमुख जिल्ला जिल्ला अधिकारी खुमकान्त आचार्यले प्रतिबद्धता गराएका थिए ।

बिस्फोटक पदार्थ अभावमा तीन बर्षदेखी दार्चुला तिंकर सडक निर्माणको काम अलपत्र छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा एक साताभित्रै बिस्पोटक पदार्थ जिल्लामा पुगेर काम हुने दार्चुला तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले जिल्ला प्रशासनमा प्रतिबद्धता जनाएका थिए । बझाङ जिल्लामा निर्माणाधीन कालङगाड जलविद्युत आयोजनाबाट १० मेट्रिक टन विस्फोटक पदार्थ सापटी लिन लागिएको बताए पनि हालसम्म बिष्पोटक पदार्थ कहिले पुग्ने निश्चित भएको छैन ।

 

कमेन्ट लोड गर्नुस