यी हुन् विश्वका सबैभन्दा १० धनी र गरिब देश
कुन देशलाई सबैभन्दा धनी देश भन्न सकिन्छ ? सोझो अर्थमा भन्न सकिन्छ जुन देशमा सबैभन्दा धेरै पैसा छ त्यो देश सबै भन्दा धनी हो । तर यो प्रश्नको जवाफ यति सजिलो छैन ।
सबैभन्दा धनी देशको सूची बनाउनलाई कयौं तरिका अपनाउने गरिन्छ । जस्तो कि जीडिपी अर्थात कूल घरेलु उत्पादनको तुलना गर्नु ।
जीडीपीको अर्थ हुन्छ कि कुनै अर्थव्यवस्थाले हरेक वर्ष कूल कति सामान तथा सेवाको उत्पादन गर्छ । हिसाबमा हेर्ने हो भने विश्व बैंकका अनुसार अमेरिका र चीन सबैभन्दा ठूला अर्थव्यवस्था भएका देश हुन् ।
यदी अब त्यो धनलाई त्यहाँ रहेका मानिसको संख्याले भाग गर्ने हो भने सबैभन्दा धनी देश लक्जम्बर, स्विट्जरल्याण्ड तथा मकाओ हुन् । अर्थशास्त्रीले अर्थव्यवस्थाको अवस्थालाई जाँच गरेको देश धनी भएको पत्ता लगाउँछन् ।
यसका लागि उनीहरु कुनै देशको मानिसको क्रम क्षमता केहो ? र त्यस देशका अलग अलग मानिसहरुको क्रम क्षमतामा कति समानता छ ।
यस हिसावमा कतार, मकाओ, लक्जम्बर्ग बाहेक सिंगापुर, ब्रसनाई तथा कुवेत सबैभन्दा धनी देश हुन् । यसपछि संयुक्त अरब इमिरेट, नर्वे, आयरल्याण्ड तथता स्विट्जरल्याण्डको नाम आउँछ ।
तेल र प्राकृतिक ग्यासको विशाल भण्डार भएको देश कतार धनी देशको सूचीमा सबैभन्दा माथि छ । त्यस्तै मकाउ पर्यटन र क्यासिनो उद्योगमा निर्भर रहेको मुलुक हो । त्यस्तै युरोपेली देश लक्जम्बरको आर्थिक विकास लगानिको प्रवन्ध र निजी बैंकको फाइदाबाट भएको हो ।
‘गिनी कोएफिशि’ धनी र गरिबबीचको खाडल मापन गर्ने तरिका हो । यसको मापन जीरोदेखि एकको बीचमा हुन्छ । यहाँ जीरोको अर्थ पूर्णरुपमा असमान हुन्छ ।
तर यस तरिकाको आलोचना हुने गरेको छ ।
विश्व बेंकको आकडा अनुसार दक्षिण अफ्रिका, हाइटी तथा होन्डुरस विश्वका सवैभन्दा असमान देशको सूचीमा सहभागी छन् ।
यसपछि कोलम्बिया, ब्राजिल, पानमा, चिली तथा रुवान्डा, कोस्टारिका तथा मेक्सिकोको नाम आउँछ ।
१० असमान देशको सूचीमध्ये दक्षिण अमेरिकी र दुई अफिकी देश छन् ।
यसबीच विश्व बैंकका अर्थशास्त्रीका अनुसार ल्याटिन अमेरिकाले हाल केही सालमा धनी र गरिब बीचको खाडल पुर्न सफलता हासिल गरेको छ ।