करौडौका खानेपानी आयोजना निर्माण सुस्त
दार्चुला जिल्लामा निर्माणाधिन खानेपानीका योजनाको निर्माणमा निकै लापरवाही देखीएको छ । आर्थिक वर्ष २०६६÷०६७ बाट निर्माण सुरु भएको कुडी कुसकाडा खानेपानी आयोजनाले ६६ प्रतिशत मात्रै प्रगति गरेको छ ।
यस्तै जिल्लाका भाडी खानेपानी आयोजना ४४ प्रतिशत, मैखोली खानेपानी आयोजना ४९ प्रतिशत, लास खानेपानी आयोजना ३२ प्रतिशत र शंकरपुर खानेपानी आयोजनाले ७१ प्रतिशत प्रगति गरेका छन् । ८ बर्ष पहिले सुरु भएका योजनाको निर्माण अहिले सम्म पनि सम्पन्न नहुँदा उपभोक्ताहरु शुद्ध खानेपानीबाट बञ्चीत भएका छन् ।
खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय दार्चुलाका प्रमुख प्रकाश रावलले ६ वटा खानेपानी आयोजनाको निर्माणमा ढिलासुस्ती भएको स्वीकार गरे ।