सुदूर नेपाललाई विश्वसँग जोड्दै

आकस्मिक वार्डमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोमानी बढ्दै

२०७५ असोज २९, ०६:५० नवराज पनेरु

चाडपर्व नजिकिदै गर्दा प्रदेश ७ कै रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालको ईमर्जेन्सी वार्डमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोमानी बढ्दै गएको छ। डाक्टर सहित अन्य स्वास्थ्यकर्मीहरु पनि ईमर्जेन्सी वार्डमा ड्युटीको समयमा अन्यत्र व्यस्त हुन थालेपछि विरामी मर्कामा परेका छन्। ईमर्जेन्सी वार्डको ड्युटी छोडेर चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु वेपत्ता हुने गरेको गुनासो विरामी र तीनका कुरुवाले गरेका छन्।

आईतवार साँझ सर्पले टोकेकी बालिका रुपा विकको उपचारका लागि अस्पताल पुगेका धनगढी उर्मीका कमल ढाटले ईमर्जेन्सी वार्डमा एक जना मात्रै स्वास्थ्यकर्मी भेटिएको र विरामीलाई हेर्न पनि नमानेको गुनासो गरे । दिउँसो २ बजेदेखि राती ८ बजेसम्म अहेवद्धय राधाकृष्ण चौधरी र ओम प्रकाश बोहरा तथा डाक्टर गोविन्द रावतको ड्युटी रहेको थियो। आकस्मिक वार्डका चिकित्सक र स्वास्थ्यकर्मीहरु विगतमा रातभरी सुत्न थालेपछि विरामी र कुरुवा मर्कामा परेको गुनासो आउने गरेकामा अहिले दिनमा समेत आकस्मिक कक्षमा डाक्टर र स्वास्थ्यकर्मी भेट्न मुस्किल हुन थालेको हो।

ईमर्जेन्सी वार्डका ईन्चार्ज कृष्ण बोहराले पनि वार्डमा कर्मचारी नबस्ने समस्या रहेको स्वीकार गरे। सेती अञ्चल अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले भने सो बारेमा जानकारी नभएको बताए। उनले वार्ड ईन्चार्जसंग छलफल गरेर समस्या समाधान गर्ने बताउनुभयो। दशैँ लागेसंगै अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी पनि विदामा बस्न सुरु गरेका छन्।

 

 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस