सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुुई जना घाइते

२०८१ वैशाख २७, ०५:२४ खबर संवाददाता

बझाङः बझाङमा जिप र मोेटरसाइकल एक आपसमा ठोक्किदा दुुर्घटना भएको छ।

बझाङको दुर्गाथली गाउँपालिका–१ भाँगडाबजारबाट मौरीबगर तर्फ गईरहेको से १ ज ७८१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सुदूूरपश्चिमप प्रदेश ०१००८ प १२२२ नम्बरको मोटरसाइकल एक आसमा ठोक्किदा दुृर्घटना भएको हो।

उक्त दृर्घटनामा परेर मोटरसाइकल चालक छबिसपाथिभेरा गाउँपालिका–६ का ३७ वर्षीय लोकश बुुडा र पछाडि सवार सोहि ठाउँकी ३७ वर्षीया इन्द्रा बुढा घाइते भएका छन्। मोेटरसाइकल चालकको दाँहिने खुुट्टा भाँचिएको छ भने इन्द्राको दाँहिने खुुट्टामा चोट लागेको छ।

दुबै जना घाईतेलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाएको प्रहरीले जनाएको छ। जिप चालक दुर्गाथली गाउँपालिका–१ का २३ वर्षीय सुरेन्द्र सार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।
 

कमेन्ट लोड गर्नुस