सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका सागर भारतको कालुपुरमा मृत फेला 

२०८१ वैशाख २७, ०४:३६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराका एक युवक भारतको कालुपुर रेल्वे स्टेशनमा मृत अवस्थामा फेला परेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेशनमा हिजो मृत फेला परेका हुन्। उनका आफन्तका अनुसार सागर अहमदाबाददेखि पन्जाब जान्छु भनेर ४ दिनअघि कालुपुर रेल्वे स्टेशनबाट हराएका थिए।

खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव हिजो (बुधवार) सोही रेलवे स्टेशनमा फेला परेको बताइएको छ। परिवारले हत्याको आशंका गरेको छ। उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ।
 

कमेन्ट लोड गर्नुस