सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ७२ औं कानून दिवस मनाइयो

२०८१ वैशाख २६, ०४:४८ खबर संवाददाता

धनगढीः धनगढीमा ७२ औं कानून दिवस मनाइएको छ। कैलाली जिल्ला अदालतको आयोजनामा कानून दिवस मनाइएको हो।

कैलाली जिल्ला अदालतका न्यायाधीश दण्डपाणि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी राना प्रमुख अतिथि थिइन्।

कार्यक्रममा जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थी, डल्लुराम चौधरी, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र वारका केन्द्रीय उपाध्यक्ष तुलाराम गिरी, कैलाली वारका अध्यक्ष इन्द्रप्रसाद लेखक लगायतले कानून दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राखेका थिए। कार्यक्रममा वरिष्ठ अधिवक्ता, अधिवक्ता, जिल्ला अदालत कैलालीका कर्मचारी र कानूनका विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस