सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ४ लाख बढीको अवैध सामान बरामद

२०८१ वैशाख २६, ०४:३८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाबाट प्रहरीले चार लाख बढीको  अवैध सामान बरामद गरेको छ।

हिजो (मंगलवार) धनगढी उपमहानगरपालिका–३ पक्कीकुवा र धनगढी–४ सौराई पार्टी प्यालेस नजिकबाट भन्सार छलीको अन्दाजी ४ लाख सात सय मूल्यको सामान बरामद गरेको हो।

बरामद गरेको प्याज, चिनी, कुर्ती, धोती, गम्छा लगायतका सामान कारबाहीका लागी भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस