सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

२०८१ वैशाख २६, ०७:२८ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ।

धनगढी–३ पक्कीकुवा र धनगढी–४ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ४ लाख ७ सय मूल्य बराबरको प्याज, चिनी, कुर्ती, धोती,गम्छा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–२ भाँसि, बेलौरी नगरपालिका–१० थापाचोक, दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोज र लालझाडी गाउँपालिका–६ चानदेउबाट ३० हजार २८८ मूल्य
बराबरको सामान बरामद गरिएको छ।

उक्त मुल्य बराबरको चिनी, सुर्ती, अण्डा, दाल, पेय पदार्थ, बोईलर कुखुरा र माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। 

कमेन्ट लोड गर्नुस