शुक्लाफाँटामा एक पुरुषको शव फेला
२०८१ वैशाख २५, ११:४७
धनगढीः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एक पुरुषको शव फेला परेको छ।
शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर-७ मा रहेको मध्यवर्ताी सामुदायीक वनमा शव फेला परेको ७ नम्बरका वडा अध्यक्ष प्रताप धामीले जानकारी दिए। उनका अनुसार मृतकको विवरण अहिले खुलेको छैन। यस सम्बन्धमा इलाका प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको उनले बताए।
कमेन्ट लोड गर्नुस